चितवन राइनोजबिरुद्ध काठमाडौं गोर्खाजको सहज जित
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको पहिलो खेलमा चितवन राइनोजले ब्याटिङमा लय गुमाउँदा काठमाडौं गोर्खाजले ५३ रनको सहज जित निकालेको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १४३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको चितवन १७ ओभर १ बलमामा सबै विकेट गुमाउँदै ८९ रनमा समेटिएको हो ।
जारी सिजनमा चितवनको यो दोस्रो हार हो । यस टिमले अघिल्ला ३ खेलमा विराटनगरका बोल्टस् र कर्णाली याक्सलाई हराएको थियो भने लुम्बिनी लायन्ससँग जितेको थियो ।
काठमाडौंको यो तेस्रो जित हो । यो टिमले अघिल्ला ४ खेलमा लुम्बिनी लायन्स र जनकपुरसँग जितेको थियो । विराटनगर बोल्ट्स र सुदूरपश्चिम रोयल्ससँग हारेको थियो । चितवनले शुक्रबारको खेलमा ब्याटिङमा लय गुमाउँदा काठमाडौंले जित आफ्नो पक्षमा पारेको हो ।
चितवनको ब्याटिङ सुरुवातदेखि नै धर्मराएको थियो । ओपनर दीपक बोहोरा पहिलो ओभरको पाँचौ बलमा रनको खाता नखोली आउट भए । दोस्रो विकेटका रुपमा ओपनर डबिड मलान ३ ओभरको पाँचौ बलमा आउट भए ।
तेस्रो विकेट ५ ओभरको दोस्रो बलमा झ¥यो । तेस्रो विकेटका रुपमा सैफ जैब आउट भए । चौथो विकेटका रुपमा ब्याटर देव खनाल आउट भए । उनले १८ बलमा २१ रन जोडे ।