एनपीएल-२ : जनकपुरले टस जितेर पहिला ब्याटिङ गर्दै
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।\
टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध जनकपुरका कप्तान वायन पार्नेलले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नियमित कप्तान अनिलकुमार शाह बेन्चमा हुँदा वायनले कप्तानी गर्न लागेका हुन् । साविक विजेता जनकपुर जारी एनपीएलमा जितविहिन छ । सुदूरपश्चिम भने अपराजित टोली हो ।