एनपीएल उद्घाटन खेल: जनकपुर बोल्ट्सका आशिफ शेखले अर्धशतक पुर्याए
काठमाडौं, १७ मंसिर – नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सका ओपनर आशिफ शेखले अर्धशतक पुर्याउँदै टोलीको पारी सम्हालेका छन्।
जनकपुरका अन्य ब्याटरहरू लाहिरू मिलान्था ७ रन, कप्तान अनिल साह शून्य, सञ्जय कृष्णमूर्ति २ रन र जन निकोल २ रनमै आउट भएका थिए। यस अवस्थामा आशिफ शेखको बलियो प्रदर्शनले टोलीलाई स्थिरता दिएको छ।
खेलको यस चरणमा आशिफको योगदानले जनकपुर बोल्ट्सलाई सम्मानजनक स्कोरतर्फ धकेल्ने संकेत दिएको छ।