एनपीएल : जनकपुरविरुद्ध पोखराले १० ओभरमै चार विकेट गुमायो
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सविरुद्ध शुरुआती चरणमै दबाब व्यहोर्नु परेको छ।
१० ओभरको दोस्रो बलसम्म पुग्दा पोखराले ६४ रन जोड्दै चार विकेट गुमाइसकेको छ। लगातार विकेट पतन भएपछि पोखरा मध्यम अवस्थामा छ र अब पारी सम्हाल्ने चुनौती बढेको छ।
खेल जारी छ।