एनपीएलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दियो
१३ मंसिर, काठमाडौं — सञ्जय कृष्णमूर्तिको उत्कृष्ट अर्धशतकको सहायतामा जनकपुर बोल्ट्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४५ रन बनाएको हो।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साविक विजेता जनकपुरले इनिङ्सको शुरुवात कमजोर बनाएको थियो। ३५–३ को अवस्थामा पुगेपछि सञ्जय कृष्णमूर्ति र जान लफ्टी इटनले महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरसम्म पुर्याए।
कृष्णमूर्तिले ५० रनको अर्धशतक प्रहार गरे भने लफ्टी इटनले ३९ रन जोडे। बलिङतर्फ सुदूरपश्चिमका अविनाश बोहराले ४ विकेट लिए। स्कट कुगेलेइनले ३ विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट आफ्नो नाममा लेखाए।
अब सुदूरपश्चिम रोयल्सले जीतका लागि १४६ रन chase गर्नुपर्ने छ।