टी-२० विश्वकप छनोट : कतारविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल
काठमाडौं, असोज २७ – आईसीसी टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपालले आज कतारविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
ओमानमा जारी प्रतियोगितामा कतारले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपाल ब्याटिङका लागि मैदानमा उत्रिएको हो।
नेपालको लागि यो सुपर सिक्स चरणको दोस्रो खेल हो। यसअघि नेपालले आफ्नो पहिलो खेल मलेसियाविरुद्ध जितेको थियो।
नेपालले जितको लय कायम राख्दै विश्वकपको ग्लोबल छनोट नजिक पुग्ने लक्ष्यसाथ खेलिरहेको छ।