एरिकालाई नगद एक लाखसहित सम्मान
नेपाल सितोरियो कराँते संघले मलेसियामा सम्पन्न डब्लुकेएफ कराँते सिरिज वानमा पदक विजेता एरिका गुरुङलाई नगदसहित सम्मान गरेको छ ।
त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत संघले अन्तर्राष्ट्रिय पदक विजेता एरिकालाई नगद एक लाख रुपैयाँसहित सम्मान गरेको हो ।
नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामा, उपाध्यक्षद्वय देव लामा र मझेन्द्र सिंह, तथा महासचिव दावा लामाले एरिकालाई नगद एक लाख रुपैयाँ र उनका प्रशिक्षक कुशल श्रेष्ठलाई ५० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेका थिए ।