मैत्रीपूर्ण खेल खेल्न जाने महिला फुटबल टोलीको बिदाइ
भारतको शिलोङमा हुने मैत्रीपूर्ण फुटबल खेल खेल्न जाने नेपाली महिला फुटबल टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार एक कार्यक्रम गरी टोलीको बिदाइ गरेको हो । टोलीलाई एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतले बिदाइ गरे ।
नेपाली टोलीले ७ गते इरान र १० गते भारतसँग मैत्रीपूर्ण खेल खेल्दै छ । दुवै खेल भारतको शिलोङमा हुनेछ । त्यसपछि १३ कात्तिकमा भारतसँग एक अनअफिसियल खेल पनि हुनेछ ।
फिफाको वरियतामा भारत ६३औं, इरान ७०औं तथा नेपाल ८९औं स्थानमा छन् ।
खेलका लागि नेपालको अन्तिम टोली घोषणा भइसकेको छ । टोलीमा २ जना नयाँ खेलाडी परेका छन् भने ३ खेलाडीले पुनरागमन गरेका छन् । नेपाली टोली बुधबार भारत प्रस्थान गर्नेछ ।