एन्फालाई एएफसीको १० हजार डलर जरिवाना
एएफसी फुटसल एसियन कप छनोटमा सहभागी नभएपछि एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई १० हजार अमेरिकी डलर जरिवाना गरेको छ ।
एएफसीको अनुशासन र आचारसंहिता कमिटीले नेपाललाई कारबाही गर्दै जरिवाना लगाउने निर्णय गरेको हो । उक्त कमिटीको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार डलर जरिवाना लगाउने निर्णय गरेको हो ।
नेपालले एएफसी फुटसल एसियन कप २०२६ को छनोटमा नाम दर्ता गरपनि पछि नाम फिर्ता लिएको थियो । जसले गर्दा नेपालले उक्त छनोटमा सहभागिता जनाएन ।
एएफसीले एन्फालाई जरिवाना गरेको एन्फा स्रोतले पनि पुष्टि गरेको छ ।एन्फाले १० हजार अमेरिकी डलर जरिवाना कारवाहीबारे सूचना दिएको ३० दिनभित्र बुझाउनु पर्नेछ ।