कर्णालीविरुद्ध टस जितेर बलिङ गर्दै सुदूरपश्चिम
नेपाल प्रिमियर लिग (एनपीएल) को अन्तिम लिग खेलमा सुदूरपश्चिम रोएल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ ।
सुदूरपश्चिमले टस जितेर बलिङ रोज्दै कर्णालीलाई ब्याटिङको निम्तो दिएको छ । खेल टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।
कर्णालीका रित गौतम पहिलो रोजाइँमा खेल्दैछन् । ६ खेलमा बेन्चमा बसेका रितले एनपीएलमा पहिलो पटक पहिलो रोजाइँमा मौका पाएका हुन् ।