प्रतिनिधि सभाको बैठकमा आज प्रधानमन्त्री दाहालले थारू आयोगको वार्षिक प्रतिवेदन पेश गर्दै
काठमाडौं । प्रतिनिधि सभाको बैठक मंगलबार बिहान पनि बस्ने भएको छ।
बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा मंगलबार बिहान ११ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले थारु आयोगको पाँचौं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।
त्यस्तै, अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन)विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
बैठकमा उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको हो।