कांग्रेसको आज बस्ने पदाधिकारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल गरिंदै
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सोमबार दिउँसो बस्ने भएको छ ।
सोही बैठक सोमबार दिउँसो ३ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने भएको हो । पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्न सभापति देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाउनुभएको कांग्रेसले जनाएको छ ।
सभापति देउवाले गत शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि राजनीतिक वृत्त तरंगित भएको समयमा कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो।