प्रदेश तेस्रो तहका नेतालाई राख्ने ठाउँ बन्यो, संविधान र संघीयतालाई बोक्न सक्दैन: गृहमन्त्री लामिछाने
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले प्रदेश संरचनालाई सही बाटोबाट अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा काठमाडौंमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रदेश तेस्रो तहका नेताहरुलाई राख्ने स्थल बनेको उहाँको तर्क छ ।
व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मलाई अंगाल्न नसकेको उहाँको भनाइ थियो । प्रदेशले संविधान र संघीयतालाई बोक्न नसकेको गृहमन्त्री लामिछानेले बताउनुभएको छ ।