आईसीसी टी-२० विश्वकपमा सहभागी नेपाली क्रिकेट टिमलाई एनआरएनए (डालस) अमेरिकाद्वारा भव्य स्वागत
काठमाडौं । गैर-आवासीय नेपाली संघ (एनआरएनए ) 'डालस' राष्ट्रिय समन्वय परिषद अमेरिकाले आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन अमेरिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई भव्य रुपमा स्वागत गरेको छ ।
अमेरिकाको हिलटन गार्डेन इन इरभिङ टेक्सासमा भएको स्वागत तथा शुभकामना कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई शुभकामना दिन गैर-आवासीय नेपाली संघका वरिष्ठ उपाध्यक्ष विकाश उप्रेती, उपाध्यक्ष भानु खरेल, गैर-आवासीय नेपाली मञ्च अमेरिका तथा नेपाली कांग्रेसका महासमिति सदस्य हरिबोल भण्डारी, भूतपूर्व फ्लाईवेट च्याम्पियन अन्तर्राष्ट्रिय खेलाडी मधुकर राजभण्डारी, जोरपाटी लायन्स क्लबका पूर्वअध्यक्ष बबिता लामा राजभण्डारी र नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत लगायतले स्वागत गरेका हुन् ।
सोही कार्यक्रममा नेपाली टिमलाई हौसला तथा शुभकामना प्रदान गरिएको थियो । समारोहमा गैर-आवासीय नेपाली संघका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्ष भानु खरेल, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र नेपाली क्रिकेट टोलीका नेता रोहित पौडेलले संक्षिप्त रुपमा मन्तव्य व्यक्त गरेका हुन् ।





