सेञ्चुरी बैंकका अध्यक्ष श्रेष्ठसहित ९ जना साधारण तारेखमा रिहा
काठमाडौं । तत्कालीन सेञ्चुरी बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठसहित पक्राउ परेका ९ जना बुधबार साधारण तारेखमा रिहा भएका छन् ।
बैंकिङ कसुरमा संलग्न भएको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार ९ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा अध्यक्ष राजेशकुमार श्रेष्ठ, सदस्यहरू सुनिलकुमार न्यौपाने, प्रा।डा। गिता प्रधान, रमेशकुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेशकुमार दली, उमाकुमारी श्रेष्ठ, अभिषेक बज्राचार्य र सिएडी सेक्सन चिफ शिवगोपाल रिसाल रहेका थिए ।
उनीहरुलाई सीआईबीले साधारण तारेखमा रिहा गरेको हो । नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत तत्कालीन सेञ्चुरी बैंकको रकम हिनामिना गरेको आरोप उनीहरु माथि आरोप लागेको थियो ।