देशका ७ वटै प्रदेशमा आज पनि मेघगर्जन/चट्यांगसहित मध्यमदेखि भारी वर्षाको सम्भावना
काठमाडौं । हाल देशैभरी मनसुनी वायुको प्रभाव परेको छ।
शुक्रबार बिहान कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणदेखि पूर्णतया बदली रहेको हो । त्यस्तै, बाँकी भू-भागमा भने आंशिकदेखि साधारणतया बदली रहेको छ ।
कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो । साथै मधेश प्रदेशका केही स्थानमा भारी वर्षा पनि भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शुक्रबार दिउँसो भने देशभर साधारणतयादेखि पूर्णतया बदली हुने भएको हो । कोशी, बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, कोशी र गण्डकी प्रदेशको केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको हो ।
शुक्रबार राति भने देशैभरी साधारणतयादेखि पूर्णतया बदली हुने भएको छ । त्यस्तै, बागमती, मधेश, गण्डकी, लुम्बिनी र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो।
कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा धेरै नै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।