देशका अधिकांश भू-भागमा दिउँसो र राति आज मेघगर्जन/चट्यांंगसहित मध्यमदेखि भारी वर्षा हुने
काठमाडौं । हाल देशैभरी मनसुनी वायुको प्रभाव परेको छ।
शनिबार देशैभरी आंशिकदेखि साधारणतया बदली रहेको हो । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबार दिउँसो भने देशैभरी साधारणतयादेखि पूर्णतया बदली हुने भएको हो । त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेश र बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र बाँकी प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको हो । गण्डकी प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनााएको छ ।
शनिबार राति भने देशभर साधारणतयादेखि पूर्णतया बदली हुने भएको हो । त्यस्तै, देशभर अधिकांश स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको हो ।