चीनका उपविदेशमन्त्री सुन आज नेपाल आउँदै
काठमाडौं । चीनका उपविदेशमन्त्री सुन वेइडोङ सोमबार नेपालको ३ दिने औपचारिक भ्रमणमा आउनु हुने भएको छ ।
मंगलबार काठमाडौंमा हुन लागेको नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औं बैठकमा सहभागी हुन उहाँ नेपाल आउन लाग्नु भएको हो । संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुने भएको छ। भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रको बारेमा छलफल गरिने मन्त्रालयले जनाएको हो ।
चिनिया उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उपविदेशमन्त्री सुन यहि असार १२ गते स्वदेश फर्किने मन्त्रालयले जनाएको हो।