देशका ४ प्रदेशमा आज मेघगर्जन/चट्यांगसहित मध्यम वर्षा र हावाहुरीको सम्भावना
काठमाडौं । हाल देशको पूर्वीभू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ ।
बाँकी भू-भागमा भने स्थानीय वायु-पश्चिमी वायु र बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको हो।
बिहीबार बिहान कोशी, मधेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। त्यस्तै, कोशी प्रदेशको केही स्थानहरुमा मेघगर्जन/चट्यांगसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
बिहीबार दिउँसो भने कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको छ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुने भएको हो । कोशी, बागमती, गण्डकी प्रदेशका र बाँकी भू-भागको केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
बिहीबार राति भने कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको हो । बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुने भएको छ। त्यस्तै, कोशी, बागमती, गण्डकी प्रदेशका र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको हो ।
कोशी र मधेश प्रदेशका तराईका केही स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।