एकीकृत समाजवादीको आज सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठक बिहीबार दिउँसो बस्ने भएको छ ।
बिहीबार दिउँसो केन्द्रीय कार्यालयमा बस्ने बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्तावेजको टुंगो लगाउने भएको हो । बैठकले पार्टीको आगामी १० औं राष्ट्रिय महाधिवेशनको तयारी, विभिन्न दस्तावेज अनुमोदन तथा प्रतिनिधिको नामवली स्वीकृत र मातहतका कमिटीको कार्य प्रगतिको समीक्षा गर्ने जनाइएको छ ।
एकीकृत समाजवादीले यहि असार १६ देखि २० गतेसम्म काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा १० औं महाधिवेशन गर्न लागेको हो ।