देशका ७ वटै प्रदेशमा आज मेघगर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं । हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । साथै बाँकी भू-भागमा भने स्थानीय वायु आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।
सोमबार बिहान कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदली रहेको हो । कोशी, बागमती, कर्णाली, गण्डकी र लुम्बिनी केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
सोमबार दिउँसो भने देशभर आंशिकदेखि साधारणतया बदली हुने भएको हो । कोशी, बागमती, गण्डकी, लुम्बिनी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ । त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको हो ।
सोमबार राति देशभर आंशिकदेखि साधारणतया बदली हुने भएको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको हो। त्यसतै, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।