अमेरिकी दूतावासद्वारा क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार
काठमाडौं । अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ ।
लामिछानेले अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी–२० विश्वकपमा सहभागी हुन जान अमेरिकाको भिसा एप्लाई गरेका हुन् । जसलाई अमेरिकी दूतावासले अस्वीकृत गरेको क्रिकेटर लामिछानेले बुधबार सामाजिक सञ्जाल मार्फत उल्लेख गरेका छन् ।
सन् २०१९ मा पनि अमेरिकी दूतावासले क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जान लागेका क्रिकेटरलाई शुरुमा भिसा दिएको थिएन । आलोचना भएपछि दूतावासले क्रिकेटरलाई बोलाएर अन्तर्वार्ता लगायतको प्रक्रिया पूरा गरेर भिसा दिएको थियो ।