मनभित्रको अन्तरव्रह्मले लिने निर्णय सार्थक र सिर्जनामूलक हुन्छ: प्रधानन्यायाधीश श्रेष्ठ
काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मनभित्रको अन्तरव्रह्मले लिने निर्णय सार्थक र सिर्जनामूलक हुने बताउनुभएको छ ।
ललितपुरमा शनिबार लेखन कुञ्जद्वारा प्रकाशित एवं नेपालका प्रथम महिला न्यायाधीश शारदा श्रेष्ठद्वारा लिखित ‘शारदा श्रेष्ठ– नेपालकी प्रथम महिला न्यायाधीश’ लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानन्यायाधीश श्रेष्ठले पुस्तकले सामाजिक यथार्थलाई चित्रण गरेको बताउनुभयो ।
शारदा श्रेष्ठ निष्ठावान, कर्तव्यपरायण, शाहस र निडर व्यक्तित्व भएको उहाँले बताउनुभएको छ । पुस्तकमा तत्कालीन अवस्थाका अदालतको कार्यशैली, कार्यवातावरण र प्रवेशको चित्रण रहेको पनि प्रधानन्यायाधीश श्रेष्ठले बताउनुभयो ।
सेवा निवृत्त भएपछि पनि महिला शिक्षा तथा समाजिक एवं न्याय शिक्षाको सुधारका लागि लाग्नुपर्ने उहाँको भनाइ छ । महिलाहरुको उत्थान र विकासका लागि अझै काम गर्न जरुरी रहेको प्रधानन्यायाधीश श्रेष्ठले बताउनुभयो ।