देशका ७ वटै प्रदेशमा आज मेघगर्जन/चट्यांगसहित भारी वर्षा र हावाहुरीको सम्भावना
काठमाडौं । नेपालमा स्थानीय वायु तथा भारतको उत्तरप्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
आइतबार बिहान गण्डकी र लुम्बिनी प्रदेश लगायत आंशिकदेखि साधारणतया बदली रहेको हो । त्यस्तै, बाँकी भू-भागमा भने आंशिकदेखि मौसम मुख्यतया सफा रहेको छ ।
गण्डकी र लुम्बिनी प्रदेशको पहाडी-तराईका भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
आइतबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको छ । बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुने भएको हो ।
त्यस्तै, कोशी, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेश र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हावाहुरी-हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ। देशको उच्च पहाडी/हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको हो।
आइतबार राति भने कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको हो । बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुने भएको छ।
त्यस्तै, कोशी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्यांगसहित हावाहुरी-हल्कादेखि मध्यम वर्षा हुने भएको हो । मधेश, सुदूरपश्चिम प्रदेश र बाँकी पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हावाहुरी-हल्का वर्षाको समेत सम्भावना रहेको छ।
त्यस्तै, कोशी प्रदेशको उच्च पहाडी/हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको हो ।