नेपालले लियो नामिबियाको सातौं विकेट
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याएको नामिबियाले सातौं विकेट गुमाएको छ। नेपालका लागि ललितनारायण राजवंशीले सातौं विकेट लिए। उनले नामिबियाका जान ग्रिनलाई ६ रनमा बोल्ड गरे।
छैटौं विकेट कुशल भुर्तेलले लिए। उनले नामिबियाका जान निकोललाई ५ रनमा आसिफ शेखबाट क्याच गराए।त्यतिबेला नामिबियाले २८.४ ओभरमा ६ विकेट गुमाउँदा ११८ रन जोडेको थियो।
त्यसअघि पाँचौ विकेट कुशल भुर्तेलले नै लिए। उनले नामिबियाका कप्तान जेराल्ड इरासमसलाई ५२ रनमा करण केसीबाट क्याच गराए।
दीपेन्द्रसिंह ऐरीले चौथो विकेट लिए। उनले जान फ्राइलिंकलाई ४ रनमा एलबिडब्लूको धरापमा पारे। कुशल मल्लले तेस्रो विकेट लिए। उनले आफ्नो स्पेलको पहिलो बलमै विकेट लिने क्रममामिकेल भानलाई ३१ रनमा विकेटकिपर आसिफ शेखबाट स्टपपिन गराए।
त्यसअघि नामिबियाले पाँच ओभरभित्र दुई विकेट गुमायो। निकोलास डिभन १.४ ओभरमा ८ रनमा रनआउटको सिकार भए। यस्तै ४.१ ओभरमा नेपालका कप्तान रोहित पौडेलले नामिबियाका जेपी कोट्जेलाई ३ रनमा बोल्ड गरे।