विश्वकप छनोटमा लाओसविरूद्ध खेल्ने नेपाली टिम घोषणा
लाओसविरुद्धको फिफा विश्वकप फुटबल छनोट खेलका लागि नेपालले अन्तिम टोली घोषणा गरेको छ।
मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले खेलका लागि आफ्नो अन्तिम टोली घोषणा गरेका छन् ।
नेपालले बिहीबार साँझ ५:३० बजे लाओससँग दशरथ रंगशालामा पहिलो चरणको पहिलो लेग खेल्नेछ।
दोस्रो लेग आगामी साता लाओसमा हुनेछ। दुई लेगमा उत्कृष्ट रहने टिम दोस्रो चरणमा पुग्नेछ।