भ्रष्टाचार नियन्त्रणका लागि नयाँ लडाई सुरु भएको प्रधानमन्त्री दाहालको कथन
काभ्रे ।प्रधानमन्त्रीपुष्पकमलदाहालप्रचण्डले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँलडाइँ सुरु भएको बताएका छन् ।
उनले यो लडाईकानिम्ति जनयुद्धको जस्तै साथसबैबाट पार्टी र आफूलाई चाहिएको पनिबताएका छन् ।
काभ्रेजिल्लाको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको मंगलबार शिलान्यास गर्दै प्रधानमन्त्रीदाहालले विकास र समृद्धि बिनाअन्यायको अन्त्य र समाजवादको नयाँयुग सुत्रपातगर्न नसकिने प्रष्ट पारे ।
उनले यस्कालागिआम नेपालीबाटहिजोको जस्तो साथ सहयोग आवश्यकभएको पनि प्रष्ट पारे ।
उनलेआफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्वदिएको बताउँदै अन्यायमा परेकालाई न्याय, अधिकारविहीनलाई अधिकार र पछि पारिएकाहरुलाई समानतादिनआफु कटिबद्ध रहेको बताए ।
देशमाविसंगति, विकृति र भ्रष्टाचारले विकरालरुप लिएको उल्लेख गर्दै प्रधानमन्त्रीदाहाललेभ्रष्टाचारको अन्त्यनभएसम्मनेपालीजनताले सुख र समृद्धिको दिन देख्न नपाउने बताए ।
जनता सबैको साथ र सहयोगसहितको प्रतिवद्धता भएअबका ५ वर्षमा एउटा रेकर्ड बनाउने उनको भनाइथियो ।
प्रधानमन्त्रीदाहालले लोडसेडिङको युगबाट विद्युतबिक्रीगर्ने युगमाआएको बताउँदै आशन्नभारत भ्रमणमा बिद्युतबिक्री र उत्पादनकाविषयहरुमा केहीनयाँ सहमति सम्झौताहुने स्थिति रहेको जानकारी दिए ।
भ्रष्टाचार नियन्त्रणका लागि नयाँ लडाई सुरु भएको प्रधानमन्त्री दाहालको कथन
काभ्रे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको बताएका छन् ।
उनले यो लडाईका निम्ति जनयुद्धको जस्तै साथ सबैबाट पार्टी र आफूलाई चाहिएको पनि बताएका छन् ।
काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको मंगलबार शिलान्यास गर्दै प्रधानमन्त्री दाहालले विकास र समृद्धि बिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सुत्रपात गर्न नसकिने प्रष्ट पारे ।
उनले यस्का लागि आम नेपालीबाट हिजोको जस्तो साथ सहयोग आवश्यक भएको पनि प्रष्ट पारे ।
उनले आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्व दिएको बताउँदै अन्यायमा परेकालाई न्याय, अधिकारविहीनलाई अधिकार र पछि पारिएकाहरुलाई समानता दिन आफु कटिबद्ध रहेको बताए ।
देशमा विसंगति, विकृति र भ्रष्टाचारले विकराल रुप लिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भ्रष्टाचारको अन्त्य नभएसम्म नेपाली जनताले सुख र समृद्धिको दिन देख्न नपाउने बताए ।
जनता सबैको साथ र सहयोगसहितको प्रतिवद्धता भए अबका ५ वर्षमा एउटा रेकर्ड बनाउने उनको भनाइ थियो ।
प्रधानमन्त्री दाहालले लोडसेडिङको युगबाट विद्युत बिक्री गर्ने युगमा आएको बताउँदै आशन्न भारत भ्रमणमा बिद्युत बिक्री र उत्पादनका विषयहरुमा केही नयाँ सहमति सम्झौता हुने स्थिति रहेको जानकारी दिए ।