बारामा अन्तर्राष्ट्रिय गढीमाई तेक्वान्दो प्रतियोगिता शुरु
बारा ।मधेश प्रदेशमा तेक्वान्दो खेलको बिकासमा टेवा पुर्याउने उद्देश्यले बाराको निजगढमा आजदेखि प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शूरु भएको छ ।
प्रतियोगितामा नेपालका७प्रदेशसहितभारत, बंगलादेश, भुटान, कोरिया, जापानका खेलाडीहरुको सहभागिता रहेको छ ।
प्रतियोगिताआयोजक समितिका संयोजक पेमासिद्धी लामाकाअनुसार जिरोगी र पुन्से तर्फ गरी दुई विधामा सञ्चालनहुने खेल ६ गते सम्मचल्नेछ ।
मधेश प्रदेश तेक्वान्दो संघको आयोजनामाभएको यस खेलमा राष्ट्रिय खेलकूद परिषद्का तालिमतथा प्रशिक्षण विभागकाउपनिर्देशक टार्जन सुब्बामुख्य निर्णायक रहेका छन् । यस्तै निर्णायकहरुमाअन्तराष्ट्रिय निर्णायक रवीन्द्र मल्ल, नारायण बुढाथोकी, कुमार लामा घिसिङ, बब्लु शिवाकोटी र नविना बुढाथोकी मगर लगायत रहेका छन् ।
जिरोगीतर्फ पुरुष सात र महिला छ गरी १३ तौल समुह र पुम्सेतर्फ जुनियर १० बर्षको सिगल, १२ बर्ष डबल र १४ बर्षको गु्रप गरी तीनतथासिनियर पुम्सेतर्फ १८ बर्ष तल र माथिमहिलापुरुष गरी चार टिम गरी २० ईभेन्टमा प्रतियोगिता सञ्चालनहुने मधेश प्रदेश तेक्वान्दो संघका महासचिव राजकुमार लामाले जानकारी दिए ।