नेपाली क्रिकेट टोलीलाई बधाईको ओइरो,नेताहरु दङ्ग, जनतामा अपार हर्ष
काठमाडौँ । एसीसी प्रिमियर कपक्रिकेटको उपाधिजित्दै एसियाकपमा छनौट हुन सफलभएकोमा नेपालीक्रिकेट टोलीलाई देशकाशीर्ष नेताहरुले बधाई दिदै आगामीयात्राको लागिशुभकामनाव्यक्त गरेका छन् । उनीहरुले ऐतिहासिक सफलताहातपारेकोमा देशले गौरवको बोध गरेको पनिबताएका छन् ।
मंगलबार संयुक्त अरब इमिरेट्स युएईलाई सातविकेटले हराउँदै एसियाकपमा छनोट भएकोमाप्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डले नेपाली टोलीलाई बधाई तथाशुभकामनादिएका छन् ।
उनले देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदानगर्ने खेलाडीहरुलाई सरकारको तर्फबाट थपप्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत बधाई दिदै प्रधानमन्त्रीदाहालले भनेका छन् ‘एसीसी प्रिमियर कपजित्न सफलभएकोमा नेपालीक्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु । देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदानगर्ने खेलाडीहरूको योगदानप्रतिउच्च सम्मानगर्दै सरकारको तर्फबाट थपप्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्तगर्दछु ।’
नेपालीकांग्रेसका सभापति शेरबहादुर देउवाले पनिफाइनलमायुएईलाई पराजितगर्दै एसीसी प्रिमियर कपको विजेता बनेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाईबधाई दिएका छन् ।
देउवाले पनि सामाजिक सञ्जालमार्फत बधाई दिदै भनेका छन् ‘फाइनलमायुएईलाई पराजितगर्दै एसीसी प्रिमियर कपको विजेता बनेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई । यस जीतसँगै एसियाकपप्रवेश गर्न सफलभएकोमा सबै खेलाडी, प्रशिक्षकलगायत सम्पूर्ण टिमलाई शुभकामना।’
यस्तै नेकपाएमालेका अध्यक्षकेपीशर्मा ओलीले पनिएसीसी प्रिमियर कपक्रिकेटमा जित्दै एसियाकपमा छनोट भएका खेलाडीहरुलाई बधाई दिएका छन् ।
अध्यक्षओलीले पनि सामाजिक सञ्जालमा नेपाली टोलीलाई बधाई दिदै लेखेका छन् ‘नेपालएसियाकपमा ! यूएईलाई ७विकेटले हराउँदै नेपालएसियाकपमा छनोट ।
नेपालीक्रिकेट टिमलाई धेरै धेरै बधाई, सम्पूर्ण नेपालीलाई बधाई !!’
सभामुख देवराज घिमिरेले पनिशुभकामनादिँदै खेलको अभूतपूर्व जितले नेपाल र नेपालीको शिर उँचो बनाएकोप्रतिखुसीव्यक्तव्यक्त गरेका छन् । उनले नेपालीक्रिकेटको व्यवसायिकरणमा थप सहयोग पुग्नेविश्वास पनिव्यक्त गरेका ।
सभामुख घिमिरेले पनिबधाई दिदै लेखेका छन् ‘नेपाल एसीसी मेन्स प्रिमियर कपक्रिकेट जित्दै एसियाकपमा छनोट भएकामाहार्दिक बधाई तथाशुभकामनाव्यक्तगर्दछु ।अभूतपूर्व जितले नेपाल र नेपालीको शिर उँचो बनाएको छ भने नेपालीक्रिकेटको व्यवसायिकीकरणमा थप सहयोग हुने विश्वास लिएको छु । खेलाडीलाई राज्यकातर्फबाट थप सम्मान र सहयोग आवश्यक रहेकोतर्फ ध्यानाकर्षण गराउँछु ।’
नेपालले जितहातपारेपछि सामाजिक सञ्जालहरु रंगिने क्रमजारी छ ।जितले आम नेपालीमाचुलाएको हर्ष अहिले सामाजिक सञ्जालभर पोखिने क्रमतीब्र बनेको छ ।
नेपाली क्रिकेट टोलीलाई बधाईको ओइरो,नेताहरु दङ्ग, जनतामा अपार हर्ष
काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै एसिया कपमा छनौट हुन सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई देशका शीर्ष नेताहरुले बधाई दिदै आगामी यात्राको लागि शुभकामना व्यक्त गरेका छन् । उनीहरुले ऐतिहासिक सफलता हात पारेकोमा देशले गौरवको बोध गरेको पनि बताएका छन् ।
मंगलबार संयुक्त अरब इमिरेट्स युएईलाई सात विकेटले हराउँदै एसिया कपमा छनोट भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली टोलीलाई बधाई तथा शुभकामना दिएका छन् ।
उनले देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गर्ने खेलाडीहरुलाई सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत बधाई दिदै प्रधानमन्त्री दाहालले भनेका छन् ‘एसीसी प्रिमियर कप जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु । देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि फाइनलमा युएईलाई पराजित गर्दै एसीसी प्रिमियर कपको विजेता बनेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई दिएका छन् ।
देउवाले पनि सामाजिक सञ्जालमार्फत बधाई दिदै भनेका छन् ‘फाइनलमा युएईलाई पराजित गर्दै एसीसी प्रिमियर कपको विजेता बनेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई । यस जीतसँगै एसिया कप प्रवेश गर्न सफल भएकोमा सबै खेलाडी, प्रशिक्षकलगायत सम्पूर्ण टिमलाई शुभकामना।’
यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि एसीसी प्रिमियर कप क्रिकेटमा जित्दै एसिया कपमा छनोट भएका खेलाडीहरुलाई बधाई दिएका छन् ।
अध्यक्ष ओलीले पनि सामाजिक सञ्जालमा नेपाली टोलीलाई बधाई दिदै लेखेका छन् ‘नेपाल एसिया कपमा १ यूएईलाई ७ विकेटले हराउँदै नेपाल एसिया कपमा छनोट ।
नेपाली क्रिकेट टिमलाई धेरै धेरै बधाई, सम्पूर्ण नेपालीलाई बधाई ११’
सभामुख देवराज घिमिरेले पनि शुभकामना दिँदै खेलको अभूतपूर्व जितले नेपाल र नेपालीको शिर उँचो बनाएकोप्रति खुसी व्यक्त व्यक्त गरेका छन् । उनले नेपाली क्रिकेटको व्यवसायिकरणमा थप सहयोग पुग्ने विश्वास पनि व्यक्त गरेका ।
सभामुख घिमिरेले पनि बधाई दिदै लेखेका छन् ‘नेपाल एसीसी मेन्स प्रिमियर कप क्रिकेट जित्दै एसिया कपमा छनोट भएकामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । अभूतपूर्व जितले नेपाल र नेपालीको शिर उँचो बनाएको छ भने नेपाली क्रिकेटको व्यवसायिकीकरणमा थप सहयोग हुने विश्वास लिएको छु । खेलाडीलाई राज्यका तर्फबाट थप सम्मान र सहयोग आवश्यक रहेकोतर्फ ध्यानाकर्षण गराउँछु ।’
नेपालले जित हात पारेपछि सामाजिक सञ्जालहरु रंगिने क्रम जारी छ । जितले आम नेपालीमा चुलाएको हर्ष अहिले सामाजिक सञ्जालभर पोखिने क्रम तीब्र बनेको छ ।