आज सुनको मूल्य स्थिर, चाँदी १० रुपैयाँले बढ्यो
काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुन बिहीबारकै मूल्यमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बिहीबारकै बराबर तोकेको हो ।
महासंघले बिहीबार सुनको मूल्य हालसम्मकै उच्च अर्थात प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ कायम गरेको थियो । यता चाँदीको मूल्यमा भने प्रतितोला १० रुपैयाँको वृद्धि भएको छ ।
बिहीबार चाँदी प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भईरहेकोमा आज १० रुपैयाँले बढेर १ हजार ४ सय ५५ रुपैयाँ पुगेको हो ।