विश्वविद्यालय वेथितिको सिकार बनेको पूर्वमन्त्री तुलाधारको टिप्पणी
काठमाडौं । पूर्व शिक्षामन्त्रीडा. गंगालाल तुलाधारले विश्वविद्यालयहरु वेथितिको सिकार बनेको टिप्पणी गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित नेपालमा विश्वविद्यालयको अवस्था, सम्भावना र चुनौती विषयक विचार गोष्ठी कार्यक्रममा उनले विश्वविद्यालयहरु व्यथितिको सिकार बनेको बताए ।
‘नेपालको विश्वविद्यालयहरुको वरिपरिको वातावरण गौरव गर्न लाएककोसुधार गर्ने लायकको संकेत देखिँदैन् । त्रिभुवन विश्वविद्यालय व्यथितिको भण्डार हो । नमुना विश्वविद्यालयको रुपमा काम गरेको देख्न चाहान्छौ तर यसको सुधारको विषय त परको कुरा हो चर्चा समेत पनि कहीँबाट हुँदैन् । ’
उनले विश्वविद्यालयहरु सुधार गर्नु त परै जाओस यसको विषयमा चर्चा समेत नगरिएको टिप्पणी गरे ।
नेपालको विश्वविद्यालयहरु नमुना विश्वविद्यालयको रुपमा देख्न चाहेको उनको भनाई छ ।