लडाकुको नाममा छुट्याइएको रकमबारे एमाले सचिव योगेश भट्टराईको सुझाव
काठमाडौँ । नेकपाएमालेका सचिव योगेशकुमार भट्टराईले सरकारले अयोग्य लडाकुको नाममा छुट्याएको १ अर्ब ४० करोड रुपैयाँका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत उनले पैसा बाँडेर नभई जीवनयापन र दिगो समाधानको बाटोमाजानु उपयुक्तहुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
फेसबुकमाउनले लेखेका छन् ‘अयोग्य लडाकुको नाममा छुट्याएको १ अर्ब ४० करोडमा सरकारले अरु त्यत्तिनै थप्ने र लडाकुलाई पनि सेयरको व्यवस्थागर्ने अनि सार्वजनिक सेयर आह्वन गरी हाललाई कम्तिमा ५ अर्बको लगानीमापब्लिककम्पनी स्थापना गरी कुनै उधोग खोल्ने वापाँचतारे होटल खोल्ने र लडाकुका परिवार र अन्ययुवाहरुलाई रोजगारीको ब्यबस्थागर्ने ।पुँजी बृद्धि गरी उधोगको आकार बढाउंदै जाने । पैसा बांडेर होईन जीवनयापन र दिगो समाधानको बाटो जानु उपयुक्त हुन्छ । सरकारको ध्यानाकर्षण गर्दछु ।’
उनले १ अर्ब ४० करोडमा सरकारले अरू त्यत्ति नै थप्ने र लडाकुलाई पनि सेयरको व्यवस्था गरेर उत्पादनमाजोड्न माग गरेका छन् ।
५ अर्बको लगानीमापब्लिककम्पनी स्थापना गरी कुनै उद्योग खोल्ने वापाँचतारे होटेल खोलेर लडाकुका परिवार र अन्ययुवाहरूलाई रोजगारीको गर्न भट्टराईले प्रस्ताव गरेका हुन् ।
लडाकुको नाममा छुट्याइएको रकमबारे एमाले सचिव योगेश भट्टराईको सुझाव
काठमाडौँ । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले सरकारले अयोग्य लडाकुको नाममा छुट्याएको १ अर्ब ४० करोड रुपैयाँका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत उनले पैसा बाँडेर नभई जीवन यापन र दिगो समाधानको बाटोमा जानु उपयुक्त हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
फेसबुकमा उनले लेखेका छन् ‘अयोग्य लडाकुको नाममा छुट्याएको १ अर्ब ४० करोडमा सरकारले अरु त्यत्तिनै थप्ने र लडाकुलाई पनि सेयरको व्यवस्था गर्ने अनि सार्वजनिक सेयर आह्वन गरी हाललाई कम्तिमा ५ अर्बको लगानीमा पब्लिक कम्पनी स्थापना गरी कुनै उधोग खोल्ने वा पाँच तारे होटल खोल्ने र लडाकुका परिवार र अन्य युवाहरुलाई रोजगारीको ब्यबस्था गर्ने । पुँजी बृद्धि गरी उधोगको आकार बढाउंदै जाने । पैसा बांडेर होईन जीवन यापन र दिगो समाधानको बाटो जानु उपयुक्त हुन्छ । सरकारको ध्यानाकर्षण गर्दछु ।’
उनले १ अर्ब ४० करोडमा सरकारले अरू त्यत्ति नै थप्ने र लडाकुलाई पनि सेयरको व्यवस्था गरेर उत्पादनमा जोड्न माग गरेका छन् ।
५ अर्बको लगानीमा पब्लिक कम्पनी स्थापना गरी कुनै उद्योग खोल्ने वा पाँच तारे होटेल खोलेर लडाकुका परिवार र अन्य युवाहरूलाई रोजगारीको गर्न भट्टराईले प्रस्ताव गरेका हुन् ।