विद्यार्थीका लागि ज्ञानको नयाँ पाटोको आवश्यकता छ : उप–प्रमुख डंगोल
काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रत्येक विद्यालयमा शिक्षामा शिपको महत्व भन्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
मंगलबार काठमाडौंमा आयोजित शिक्षामा सिपको महत्व विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उप–प्रमुख सुनिता डंगोलले हरेक विद्यालयमा सञ्चालन हुने महानगरपालिकाको यो कार्यक्रम विद्यार्थीहरुको लागि ज्ञानको नयाँ पाटो बन्ने विश्वास व्यक्त गरिन् ।
‘ धेरै भन्दा धेरै सिप सिक्ने वातावरण दिनको लागि हामीले नीति बनायौं र नीति अनुसार कार्यन्वयन पनि ग¥र्यौ । महानगरको हरेक विद्यालयका यो सिपमूलक कार्यक्रम सार्वजनिक गर्दै छौं । ’ उनले भनिन
महानगरले प्रत्येक शुक्रबार विद्यालयहरुमा यो कार्यक्रम गर्ने भएको छ । यसले विद्यार्थीहरुलाई हरेक कुराको अनुभव र सिप सम्बन्धि ज्ञान मिल्ने उनको अपेक्षा छ ।