१ सय १५ भन्दा बढी सवारी चेक गर्दा कारबाहीमा परे २६ चालक
कीर्तिपुरमा आज गरिएको विशेष चेकिङका क्रममा १ सय १५ भन्दा बढी सवारी साधन चेक गर्दा यान्त्रिक अवस्था ठिक नभएका २६ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । ह्याण्डब्रेक ठिक नभएका १९ ओटा र लाइटहरू दुरुस्त नभएका ७ वटा गरी २६ वटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही गरिएको हो ।
सवारी साधन मर्मत पश्चात् तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने ट्राफिक प्रहरीले जनाएको छ ।