एकदिवसीय सिरिजको तेस्रो खेलमा पपुवा न्युगिनी विरुद्ध नेपालको दुई सफलता
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपालले लगातार दुई सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालले २३ र २४ औं ओभरमा विकेट लिएको हो । नेपालका लागि २३ औं ओभरको पाँचौं बलमा ललित नाराया राजवंसीले पाँचौं विकेट लिएका हुन् ।
ललितले २३ औं ओभरको पाँचौं बलमा रिले हेकुरेलाई क्याच आउट गराएका हुन् । हेकुरेले ४ रन बनाए । नेपालका लागि सन्दीपले २४ औं ओभरको पहिलो बलमा कार्लेस आमिनीलाई १६ रनमा क्याच आउट गराए ।