सुप्रीम शिव बाबा विद्यालयको अभिभाबक दिवस कार्यक्रम सम्पन्न
सुप्रीम शिव बाबा माध्यमिक विद्यालय भगवान पाउ स्वयम्भुले आफ्नो अभिभाबक दिवस कार्यक्रम गत २० गते शनिबारका दिन राजधानी बैंक्वेट बनस्थलीमा सम्पन्न गरेको छ ।
विद्यालयका सस्थापक सदस्य श्याम श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा बागमती प्रदेश सभा सदस्य शैलेन्द्र मान बज्राचार्य, बिशेश अतिथि १५ वडाका वडाध्यक्ष ईश्वर मान डंगोल, वडासदस्य मैयालक्ष्मी महर्जन रहनुका साथै विभिन्न विद्यालयका प्रध्यानधापक, शिक्षीका तथा अभिभाबकको बाक्लो उपस्थिती रहेको थियो ।
विद्यार्थीहरुले गीत, नृत्यद्धारा मनोरञ्न प्रदान गरेको कार्यक्रममा विद्यालयका प्रधानध्यापक नारायण गोपाल श्रेष्ठले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्दै विद्यालयको प्रगति विवरण पेश गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य शैलेन्द्र मान बज्राचार्यले विद्यालयको शौक्षिक तथा भौतिक प्रगती निकै राम्रो रहेको बताए ।
कार्यक्रमका सभापति तथा विद्यालयका सस्थापक सदस्य श्याम श्रेष्ठले बालबालीकाको शौक्षिक विकासको लागि अभिभाबक, समुदाय र सम्पुर्ण पक्षले विशेश भुमिका खेल्नुपर्ने बताए।
