नेपाल दलित सङ्घको अध्यक्षमा विपेन्द्र रामुदामु नियुक्त
नेपाली कांग्रेसले पार्टीको भ्रातृ संस्था नेपाल दलित सङ्घको अध्यक्षमा विपेन्द्र रामुदामुलाई नियुक्त गरेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत वैशाख २१ को निर्णयअनुसार पार्टी सभापति गगन थापाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको नेपाल दलित सङ्घको अध्यक्ष पदमा चितवनका रामुदामुलाई नियुक्त गरेका हुन्।
उनीलाई तोकिएको समयभित्र महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित ११ बुँदे कार्यादेश र कार्य विवरण प्रदान गरिएको नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।