नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिने भएको छ ।
आज बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने तय भएको छ । तर नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले भने रावललाई विश्वासको मत नदिने अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले बताईन् ।
सरकार गठन गर्ने बेला अन्तिम समयमा साथ दिएको नाउपाले विश्वासको मत नदिने बताएको छ ।