सरस्वति माध्यमिक विद्यालयले ५६ औं वार्षिक उत्सव मनाउदै
काठमाडौं फागुन १४ । सरस्वति आवसिय माध्यमिक विद्यालय क्षेत्रपाटिले ५६ औं वार्षिक उत्सव तथा अभिभाबक दिवस आज मनाउदै छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादिमा आज बिहान ११ बजे देखि सुरु हुने कार्यक्रममा करिब ५ हजार विद्यार्थी, अभिभाबक तथा शिक्षकको उपस्थिती रहने विद्यालयका प्राचार्य सुमन मल्लले जानकारी दिए ।
उक्त कार्यक्रममा विभिन्न किसिमका साँस्कृतिक नृत्य तथा प्रतियोगिता पनि प्रदर्शन गरिने भएको छ ।
कार्यक्रमको प्रत्यक्ष प्रसारण विद्यालयको फेस्बुक पेज Saraswati Boarding Secondary School - SBSS र दृष्टी संचार युटुब च्यानलबाट हेर्न सकिने मल्लले बताए ।