संघीय सरकारबाट बाहिरिए पनि प्रदेश सरकारका विषयमा कुनै निर्णय भएको छैन्
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संघीय सरकारबाट बाहिरिए पनि प्रदेश सरकारका विषयमा कुनै निर्णय नभएको बताएका छन् । संघीय सरकारबाट बाहिरिने र समर्थन फिर्ता हुने निर्णय मात्र भएको पौडेलले बताए ।
प्रदेश सरकारका विषयमा भने एमालेले परिस्थिति हेरेर निर्णय गर्ने तयारी गरेको छ । एमालेबाट प्रदेश नम्बर एकको मुख्यमन्त्रीमा हिक्मत कार्की र गण्डकी प्रदेशमा खगराज अधिकारी मुख्यमन्त्री छन् ।