पाकिस्तानी क्रिकेटर रिजवान सन्दीपलाई भेट्न आए नेपाल
पाकिस्तान क्रिकेट टोलीका खेलाडी मोहमद रिजवान नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई भेट्न नेपाल आएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का महासचिव दुर्गा पाठकले रिजवान नेपालमा सन्दीप लामिछानेलाई हौसला दिन आएको बताए ।
‘रिजवान नेपाल आएर सन्दीपलाई हौसला दिएको कुरा साचो हो । उनी नेपालमा सन्दीपलाई भेट्न मात्र आएको भन्ने कुरा औपचारिक रुपमा पूर्ण छैन्,’ पाठकले भने ।नेपाली टोलीका खेलाडी सन्दीप बलत्कार आरोप लागेर तीन महिना हिरासतमा बसेर धरौटीमा छुटेका हुन् ।