एमाले नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला
नेकपा एमालेका नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ।
भक्तपुरको लोकन्थलीमा रहेको बास्कोटाको घरमा आज बिहान प्लास्टिकभित्र राखेको अवस्थामा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।
घरअगाडि प्लास्टिकभित्र प्रेसर कुकर देखिएको छ।
भक्तपुरको सिडिओले बास्कोटाको घरमा शंकास्पद वस्तु रहेको जानकारी आएपछि घटनास्थलमा नेपाली सेनालाई पठाइएको थियो ।
‘शंकास्पद वस्तु फेला परेको जानकारी आएको छ। हामीले नेपाली सेनालाई खबर गरेका छौं,’ सिडिओले भन्नु भयो ।
बास्कोटा मंसिर ४ मा भएको चुनावमा काभ्रे २ बाट प्रतिनिधि सभा सांसद निर्वाचित भएका थिए।