बागमती प्रदेश सरकार निर्माणबारे दलहरू अन्योलमा
निर्वाचन सम्पन्न भए लगत्तै प्रदेश सरकार गठनमा दलहरुले आ–आफ्नो दाबी गर्दै सुरु गरेका थिए । निर्वाचन सम्पन्न भएको एक महिना पूरा भइसक्दा पनि दलहरुले सरकार गठनका विषयमा ठोस निर्णय भने लिन सकेका छैनन् ।
११० सदस्यीय बागमती प्रदेशसभामा नेपाली कांग्रेसले ३७, एमालेले २७, माओवादी केन्द्रले २१, राष्ट्रिय प्रजातन्त्र पार्टीले १३, एकीकृत समाजवादीले ७, नेपाल मजदुर किसान पार्टीले ३ र हाम्रो नेपाली पार्टीले २ सिट पाएका छन् ।
बागमती प्रदेशसभामा प्रस्ट बहुमतका लागि कम्तीमा ५६ जनाको समर्थन आवश्यक हुन्छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुमध्ये कुनै पनि दलले बहुमत नल्याएका कारण अझै कसको नेतृत्वमा सरकार बनाउने भन्ने अन्योल देखिएको छ ।