दोलखामा एमालेका शिवाकोटीको अग्रता
दोलखामा एमालेका बालकृष्ण सिवाकोटीले अग्रता लिएका छन्।
उनले माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीलाई ११६५ मतान्तरले अग्रता लिएका छन्।
आइतबार बिहान सार्वजनिक भएको मतरपरिणाम अनुसार एमालेका सिवाकोटीले १५ हजार २ सय ६३ मत पाउँदा माओवादी केन्द्रका गंगा कार्कीले १४ हजार ९८ मत ल्याएका छन्।
सुरूआतबाटै अग्रता लिएका कार्की आजबाट पछि परेका हुन्।
दोलखामा ४ मतदानस्थलका १० वटा मतदान केन्द्रमा मंसिर १५ मा पुन: मतदान भएको थियो।
यहाँ बिहीबार गणना सुरू भएको हो। यहाँ अहिलेसम्म ३४ हजार ४ सय ८१ मत गणना भएको छ।