अन्तर्राष्ट्रिय तेक्वान्दो दोजाङ उपाधि सुप्रिम शिब बाबा स्कुल





पोखरामा भएको प्रथम सगरमाथा जि.सि.एस.अन्तर्राष्ट्रिय पूम्से क्यापियन्सिप २०२२ प्रतियोगिता र तेस्रो सगरमाथा अन्तर्राष्ट्रिय तेक्वान्दो च्यापियनशिप २०२२ प्रतियोगितामा सुपिम शिव बाबा स्कुलका कक्षा सातमा अध्ययनरत्त छात्र तृजन चौधरीले १ स्वर्ण पदक र २ कास्य प्पदक जितेका छन् ,त्यसैगरी कक्षा सातकै छात्रहरु थुप्तेन तामाङले १ स्वर्ण र समीर तामाङले १ स्वर्ण जितेका छन् ।त्यसै गरि छात्राहरुमा कक्षा नौ का रमिला श्रेष्ठले १ सिल्बर र १ कास्य पदक र कक्षा १० का सुबानी तामाङले १ सिल्बर पदक र गुरु मोहम्मद ताज आलम ले सिल्बर पदक जितेका छन।उत्त खेलको लागी तेक्वान्दो खेलाडी विद्यार्थीहरु र गुरुलाइ स्कुलका प्रधानाध्यापक नारायण गोपाल श्रेष्ठ सर बाट बिदाई गर्नु भएको थियो।