नवौं राष्ट्रिय खेलकुदको खेलाडीको मृत्युपछि प्याराग्लाइडिङ स्थगित
नवौं राष्ट्रिय खेलकुदकोखेलाडीको मृत्युपछिप्याराग्लाइडिङ स्थगित राष्ट्रिय खेलकुद परिषदको निर्देशन अनुसार प्याराग्लाइडिङ अनिश्चितकालका लागि स्थगित गरिएको नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्ग ग्लाइडिङ संघले जानकारी दिएको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा त्रिभुवन आर्मी क्लबका निसिम थापाको मृत्यु भएको थियो ।