कोटेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउँदै महानगर
काठमाडौं महानगरपालिकाले कोटेश्वर क्षेत्रमा अनधिृकत रुपमा निर्माण गरिएका संरचना हटाउन थालेको छ ।
कोटेश्वरस्थित पूर्वी क्षेत्रको गाडीका काउन्टरहरु रहेको स्थानमा फुटापथ मिचेर राखिएका होर्डिङ बोर्ड, होटल लगायतका संरचनाहरु हटाउने काम भइरहेको महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।नगरप्रहरीले अहिले धमाधम फुटपाथ मिचेर बनाइएको संरचना, बोर्ड हटाइरहेको उनको भनाइ छ । केही बेरमा अनधिकृत रुपमा निर्माण भएका टहराहरु पनि हटाइने उनले बताए ।