कोटेश्वरको अनधिकृत संरचना हटाउन चलायो महानगरले डोजर
काठमाडौं महानगरपालिकाले तीनकुने कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ । सो क्षेत्रमा रहेका फुटपाथ हटाउन महानगरले पटक पटक माइकिङ गर्दै आएको थियो ।
अघिल्लो हप्ता कोटेश्वरको सुन्दर बजार सहितको क्षेत्रमा महानगरले डोजर चलाएको थियो । सोही क्रममा अन्य स्थानको फुटपाथ पनि महानगरले खाली गर्न भन्दै आएको थियो । तर महानगरको सूचना अटेर गरेर फुटापथ ढाकेर बनाएको पाली, भर्याङ, सिंडीहरु हटाउन महानगरले डोजर चलाएको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।उनले महानगरभरि रहेका अनधिकृत संरचना हटाउने अभियान निरन्तर भएको भन्दै अटेर गरेमा बल प्रयोग गर्ने बताए । महानगरले कोटेश्वर क्षेत्रमा यो महिनामा मात्रै तीन पटक डोजर चलाइसकेको छ ।