बालेनको टीम ‘स्ट्यान्डबाई’, कहाँ–कहाँ चल्दैछ डोजर ?
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नेतृत्वमा अवैध संरचनामा डोजर लगाउने कार्य शुक्रबार पनि निरन्तर रहने भएको छ । दुई दिन राजधानीका विभिन्न स्थानमा डोजर चलाएर अवैध संरचना भत्काइएकामा शुक्रबार पनि यो कार्यलाई निरन्तरता दिइने महानगरपालिकाले जनाएको छ । त्यसका लागि मेयर बालेनको टीम डोजरसहित ‘स्ट्यान्डबाई’ रहेको छ।आज शंखमुल बेसमेन्टमा सञ्चालित बर्गर हाउस, दरबारमार्गस्थित लण्डन पपको अन्डरग्राउण्ड, कोटेश्वर प्रहरी चौकीबाट उत्तरतर्फ जाने बाटोमा बनाइएको कोटेश्वर ट्रष्ट कार्यालयको अवैध संरचना र नबिल बैंकको न्युरोड शाखाको अवैध संरचना भत्काउने गरी कार्यतालिका बनेको महानगरपालिकाले जनाएको छ । यसअघि महानगरपालिकाले अल्फा बिटा कम्प्लेक्स, आरबी कम्प्लेक्स, काठमाडौं मललगायतमा बनेका अवैध संरचना हटाइसकेको छ ।