नेपाली कांग्रेस काठमाडौं क्षेत्र न. ३ बाट सन्तोष चालिसे र हरिबोल भण्डारीको दाबेदारी
भाद्र ९ काठमाडौं, नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नं ३ बाट गोकर्णश्वर नगरपालिकाका पुर्व मेयर तथा क्षेत्रिय सभापति सन्तोष चालिसे र गैरआवसिय नेपाली संघका र अन्तर्राष्ट्रिय समन्वय परिषदको सल्लहकार, समाज सेवी तथा नेपाली कांग्रेस महासमिति सदस्य हरिबोल भण्डारीले प्रतिनिधी सभा निवार्चनको लागी उम्मेदवारी दावी गर्ने भएका छन् । चालिसे गोकर्णश्वर नगरपालिकामा मेयर भएर बिकास निर्माणको क्षेत्रमा ज्यदै उदारणीय काम गरेर जनतको मन जित्नुका साथै देशैभरिको नगरपालिका मध्य उत्कृष्ठ काम गर्ने नगरपालिकाको रुपमा गोकर्णश्वर नगरपालिकालाई चिनाउन सफल मेयर भएका कारण स्थानिय स्तरमा राम्रो प्रभाव भएका बिकास वादी नेता हुन भने भण्डारी बैचारिक धारणलाई बुज्न सक्ने मतभेदमा समन्वय गर्नसक्ने हरेक बर्ग र पुस्तालाई ससम्मान ब्यवहार गरि चुनौति र व्यवधानलाई समाधान गर्दै नेतृत्व र निकासमा सदैब अग्रसस्ता देखाउने बिगत लामो समय देखि भिभिन्न सामाजिक सेवामा काम गर्दै आउनु भएका नेपाली कांग्रेसका युवा नेता र क्षेत्र नं ३ को उदाउँदो राजनैतिक भबिस्य हुन ।
केन्द्रिय सदस्य अमबिका बस्नेत दुई चोटी निर्वाचन पराजित भएका कारण पनि यो चुनावमा समानुपातिकमा बस्ने सम्भावाना रहेकाले पनि भण्डारी र चालिसे मध्य एक जानले प्रत्यक्ष निर्वाचनमा पनि टिकट पाउने निश्चित जस्तै छ । दुवै नेताको जनतको माझमा राम्रो प्रभाव भएकाले पाँच दलिय गठबन्धन बाट सर्वसहमत रुपमा उम्मेदवार बन्नसके भण्डारी र चालिसे मध्य जसले टिकट पाए नि जित निश्चित जस्तै देखिन्छ ।